Logo

Breaking News 1

माओवादीले बाेलायाे पदाधिकारी बैठक, समसामयिक विषयमा छलफल हुने



काठमाडाैं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएकाे छ । नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिसँगै सरकारको नेतृत्व गरिरहेको माओवादीले बैठक बोलाएको हाे ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ । कांग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएको थियो ।

सहमतिअनुसार पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गरिने छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बनाउने दुई दलको सहमति छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : ४५ बजे