Logo

समाचार

तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला मच्चिंदा…



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिएको छ ।

सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनुपरेको छ ।

‘आज मिति २०८१।०३।१७(जुलाइ ०१, २०२४)का दिन केही अनलाइन पत्रिका र गलत मनसायका व्यक्तिले बदनीयतपूर्वक सामाजिक संजालमा करिब मितिको समयमा ‘तारा एअरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहीन’ भनी गलत समाचार तथा पोष्टहरु हालिएको पाइएकाले उक्त गलत र भ्रमपूणर् समाचार सत्य नभएकाले कृपया त्यस्ता गलत र भ्रमपूणर् समाचार पछि नलाग्न सम्पूणर् सरोकारवालामा अनुरोध गरिन्छ,’ तारा एअरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता, पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा रहेको र कर्मचारीहरु अतालिएका थिए । तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : ५० बजे