Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका निम्ति बालुवाटारमा ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ताका निम्ति उनी बालुवाटार पुगेका जनाइएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताद्वयबीच समसामयिक विषयमा छलफल हुने छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीले छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

फाइल तस्बिर

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २१ बजे