Logo

मुख्य समाचार

संसद्का दुवै सदनको बैठक बस्दै, सांसदहरूको मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने



काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने छ ।

प्रतिनिधिसभामा आज प्रश्नोत्तरको कार्यसूची छ । गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी सांसदहरूको मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्ने, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ३२ बजे