Logo

Breaking News 1

कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि दिउँसो ३ बजे बैठक बस्न लागिएको हो ।

सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : २३ बजे