Logo

मुख्य समाचार

मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु



लमजुङ : डुम्रे–बेँसीसहर सडकखण्डमा बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्युभएको छ।

प्रहरीका अनुसार गए राति बेँसीसहरबाट उदीपुरतर्फ जानेक्रमा ना ३५ प १८०० नंको मोटरसाइकले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर भएका अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको जनाएका छन ।

भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको  बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताइका छन।

मोटरसाइकल चालक बेँसीसहर नपा–१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई  नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ४० बजे