Logo

मुख्य समाचार

पर्यावरण संरक्षणका लागि एकसय युवा इको लिडरको घोषणा



चितवन । तेस्रो कृषि-जलावायु युवा लिडरसीप समिट २०८१ ले एकसय युवा इको लिडर (पर्यावरणीय युवा अगुवा)को घोषणा गरेका छ । इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवर्तन तथा दिगो विकासका लागि अभियानहरु संचालन गर्नेछन् ।

सबै इको लिडरलाई समेटर असार १६ गते एकसय युवा इको लिडर्स नेटवर्क गठन गरिएको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए । उक्त नेटवर्कमा देभरीबाट २५ वर्ष मुनिका युवाहरु छनौट गरिएको अवस्थीले बताए । उनले एकसय युवा इको लिडर छनौट देशभरीबाट प्राप्त पाँचसय आवेदक मध्येबाट छानिएका बताएका छन् ।

समिटले एकसय युवा इको लिडर्स नेटवर्कको विधान, कार्यविधि तथा ६ महिनाको कार्ययोजना तथा आचारसंहिता समेत पारित गरेको आयोजकले जानकारी दिए । इको लिडरले संकल्प पत्रमा हस्ताक्षर तथा औठा छाप लगाएर हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने र आफ्नो आचरण पनि सोही अनुसार गर्ने संकल्प गरेका छन् ।

सम्मेलन उदघाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गरेका थिए । उनले सरकारले युवा पलायन रोक्न र युवालाई स्वदेशमै बस्नका लागि दिर्घकालिन कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।

विशिष्ट अतिथि बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आफू बागमती प्रदेश जलवायुमैत्री कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष, द एशिया फाउण्डेसनका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समिटमा तीन ओटा फरक फरक विषयमा कार्यपत्रहरु पेश गरिएको थियो । जसमा महर्षि वैदिक इन्टरनेसनल फाउण्डेनबाट प्रध्यापक जोन कोनहाउसले वैदिक कृषि प्रणालीको बारेमा प्रस्तुत गरेका थिए ।

त्यसैगरी कृषि तथा वन विश्वविद्यालय सहप्राध्यापक दिनेश भट्टले कृषि र जलवायु परिवर्तनका चुनौती र युवाका सवालको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै ओरेक नेपालकी कार्यकारी निर्देश सुनिता मैनाली जलवायु न्याय र कृषिको बारेमा कार्यपत्र पेश गरेका थिए । त्यस्तै हरित युवा गोष्टीमा १० ओटा कृषि, जलवायु परिवर्तन र युवासँग जोडिएका विषय १० ओटा समूहमा फलफल गरी साधानका उपाय पहिचान गरिएको फोर एच नेपालका उपाध्यक्ष सिता रणपालले जानकारी दिए ।

समिटको अर्को दिन छानिएका १० ओटा कृषि, जलवायु परिवतनसँग जाडिएका नविन विचारहरु छनौट गरी प्रत्येक युवालाई जनही दशर हजार दिने घोषणा समेत गरिएको आयोजक सरोज कुमार जोशीले बताए । डा.चिन्तमणी योगीले युवालाई जीवन जिउने शैली र युवाको सकरात्मक धारण विकास सम्बन्धी प्रशिक्षण पनि गराएका थिए ।

१० बुँदे जलवायु परिवर्तन संकल्पपत्र जारी
चितवनमा सम्पन्न भएको तेस्रो युवा कृषि-जलवायु युवा लिडरसीप समिटले हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी १० बुँदे संकल्प पत्र जारी गरेको छ । समिटको संकल्प पत्रमा पर्यावरणीय संरक्षणका लागि युवा आफ्नो संकल्प जारी गरेको अवस्थीले जानकारी दिए ।

संकल्प पत्रमा युवाले आफ्ना व्यवहार तथा नेतृत्व पर्यावरणमैत्री बनाउने र आफूले समुदायमा जलवायु परिवर्तन न्यूनिकरण तथा रैथाने कृषिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । र, सरकारसँग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति ल्याउन पनि माग गरेका छन् । उद्योग, कलकारखाना तथा निर्माणर्काले जलवायु परिवर्तनमा ठूलो असर परेकाले सामाजिक उत्तरदायित्व बजेट मध्ये पर्यावरण संरक्षणका लागि निश्चित बजेट छुटयाउन पनि माग गरेका छन् ।

समिट २०८१ असार १३ देखि १५ गतेसम्म आयोजना गरिएको थियो । समिटमा भरतपुर महानगरपालिका, द एशिया फाउण्डेशन, नबिल बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक तथा ओरेक नेपाल सहितका सहकार्य तथा सँझेदारी रहेको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ३८ बजे