Logo

मुख्य समाचार

प्रिन्ट मिडिया संकटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन : अध्यक्ष बस्नेत



काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको प्रिन्ट मिडिया संकटमा रहेको बताएका छन् ।

आइतबार प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा ‘युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको प्रिन्ट मिडिया संकटमा रहेको बताउँदै मिडिया हाउसको व्यवस्थापन र सम्पादकीय नेतृत्वले त्यही अनुसारको रणनीति अपनाउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली पत्रकारितामा संक्रमणकाल छ । फेरि त्यो संक्रमण पनि हाम्रै हातमा छ । संकट र अवसर सँगै छन् । हामीले प्रिन्ट मिडियामा संकट छ भनेर हात बाँधेर बस्ने हो भने समस्या झन ग्रस्त हुँदै जान्छ ।  अब यस संकटलाई टार्नका लागि प्रिन्ट मिडियाका व्यवस्थापक र सम्पादकीय नेतृत्वले पनि त्यही अनुसारको रणनीति बनाएर अघि बढ्न आवश्यक छ । व्यवस्थापकीय रणनीति फेर्न जरुरी छ ।’

प्रविधिको आधुनिकीकरणसँगै मिडया हाउसहरुलाई आफूलाई परिमार्जन गर्दै लग्नुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष बस्नेतले युट्युबहितका न्यू मिडियाहरु समेत प्रेस काउन्सिलमा दर्ता गर्ने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै सबैले काउन्सिलको आचारसंहिता अवलम्बन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘मिडियाका कन्टेन्ट आउने युट्युबसहितका न्यू मिडियाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । न्यू मिडियाहरु समेत प्रेस काउन्सिलमा दर्ता हुने प्रक्रिया बढिरहेको छ । त्यही भएर हामीले आचारसंहिता पालना गर्नु अति आवश्यक छ ।  हामी त फेसबुक हौं, युट्युब हौं भनेर जथाभावी गर्न पाइदैन । कुनै पनि मिडयालाई अहिले सामाजिक सञ्जाल नभई भएको छैन ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ५९ बजे