Logo

मुख्य समाचार

संविधान ठिक कि बेठिक भनेर सांसदहरुले मूल्यांकन गर्छन : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधान ठिक कि बेठिक भनेर प्रमाणित गर्ने दायित्व यसको कार्यान्वयनको जिम्मा लिएका सांसदहरुले लिनुपर्ने बताए ।

आइतबार ६६औँ संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेतृत्वमा बस्नेहरुको आचरण, दृष्टिकोण, सोच र कार्यशैली जनचहाना अनुसार हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको संसदीय व्यवस्थालाई हेर्ने दृष्टिकोण फरक फरक छन् । नेपाल सबैभन्दा धनी छ भने संविधानहरुमै छ । २००७ सालदेखि हालसम्म हामीले धेरैवटा संविधानहरु परीक्षण गरिसकेका छौं । केही मानिसले उतिबेलाका पुराना संविधानले देशलाई सबैभन्दा उत्कृष्ट बनाउँछ भन्दै अगाडि बढे । हामी निरन्तर त्यसका विरुद्ध लड्दै गयौं । यी सबै संविधानहरु हेर्ने आ–आफ्नै दृष्टिकोणहरु हुन्छन् । तर संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्ने कुरा संविधानलाई कार्यान्वयन गरेको जिम्मा लिएका सांसदहरुको हो । नेतृत्वमा बस्नेहरुको आचरण, दृष्टिकोण, सोच र कार्यशैली नेपाली जनताको इच्छा र चाहना अनुसार मुलुकको उत्कृष्ट थलोमा प्रस्तुत हुनुपर्दछ ।’

संसदले सबै जनभावनाको कदर गर्ने भएका कारण संसदमा निर्माण हुने ऐन र कानूनले मुलुकलाई कस्तो दिसा दिन्छ भन्ने कुराको पुष्टि हुने अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ५५ बजे