Logo

अर्थ

आइतबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । साताको पाँचौ दिन आज आइतबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज प्रतितोला ७ सयले बढेर ९२ हजार रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सयमा कारोबार भइरहेको हो । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ०४ बजे