Logo

Breaking News 1

आईसीसी टी–२० विश्वकपको उपाधि भारतलाई



काठमाडौं । आईसीसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले जितेको हाे । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको छ । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।

भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।

ओपनर विराट कोहलीलेसर्वाधिक ७६ रन बनाए । दक्षिण अफ्रिकाका केशव महराजा र एनरिर्च नोर्ट्जेले दुई–दुई विकेट लिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा पुगेका थिए । 

यसैबीच, भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार आईसीसी टी–२० विश्वकपको उपाधि जितेपछि रोहितले सन्यासको घोषणा गरेका हुन् । यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ३२ बजे