Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडौं । आज मिति २०८१ असार १६ गते, आइतबार ३० जुन २०२४। आषाढ कृष्णपक्ष, नवमी तिथि, १३ः०९ बजेपछि दशमी। रेवती नक्षत्र, ९ः०४ बजेपछि अश्विनी। चन्द्रराशि मीन, ९ः०४ बजेपछि मेष।

मेष
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

वृष
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तर अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

मिथुन
सुरुमा रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन्।

कर्कट
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

सिंह
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला।

कन्या
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्।

तुला
काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला।

वृश्चिक
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु
अवसरले पछ्याए पनि परिस्थितिवश पछि परिएला। समय दिन नसक्दा लक्ष्य प्राप्ति नहुन सक्छ। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला।

मकर
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

कुम्भ
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।

मीन
आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ०७ बजे