Logo

समाचार

शीतल निवास परिसरमै धान रोपाइँ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोपाइँ कार्यक्रममा सहभागिता जनाएका छन् । उनीसँगै प्रथम महिला सबिता पौडेललगायतले रोपाइँमा सहभागिता जनाएका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रपति निवास एवम सचिवालयका कर्मचारीले सहभागी भई धान रोपेका छन् । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शनिबार बिहान रोपाइँ गरेका हुन् ।

कार्यक्रमको सुरुवात गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रम सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको जानकारी पौडेल सचिवालयले गराएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : ३१ बजे