Logo

धर्म / संस्कृति

आजको राशिफल



आजको राशिफल:
मेष (चु चे चो ला लि लु ले लो अ )

पराक्रम बढ्नेछ । सुखद यात्रा हुनेछ । आजको दिन फलदायक र सुखद रहनेछ । अचानक धनप्राप्ति हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

आजको दिन संघर्षमय रहनेछ । भेटघाट र बिना उपलब्धि दिन बित्नेछ । स्थायी सम्पति भने खरिद हुनेछ । मातृस्नेहले उर्जा थप्नेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

तपाईँको आज भाग्यको ढोका खुल्नेछ । विद्यामा सफलता भइनेछ । यात्रा सुमधुर र रमणीय हुनेछ । सन्तान सुख पाइनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

विशेष कामले यात्रा हुन सक्नेछ । गरेको कामबाट सन्तोष भइँदैन । खर्चिलो दिन रहेको छ । स्वस्थ्यको पनि विशेष ख्याल राख्नुहोला । शत्रुपक्ष बलियो देखिन्छ । 

सिंह  (मा मि मु मे मो टा टि टु टे )

आज गरेको कार्य सफल हुनेछ । जोश जाँगरले काम बन्नेछ ।  कर्म अनुसारको फल प्राप्त हुनेछ । परिवारको पूर्ण साथ रहनेछ । आय आर्जनमा वृद्धि हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

गरेको कामको जश शत्रुले लिनेछन् । वादविवादमा पर्न सकिन्छ । मन अस्थिर हुनेछ । आज लेनदेन नगरेकै राम्रो । स्वास्थ प्रतिकूल रहनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन भाग्यको उदय हुनेछ । महत्वपूर्ण सामान प्राप्त हुनेछ । सबैको पूर्णसाथ पाइन्छ । आजको यात्रा रमाइलो रहनेछ ।     

वृश्चिक  (तो ना नि नु ने नो या यि यु )

आज तपाईँको दिन सुखद देखिन्छ । गरेको कामबाट मान्यजन सन्तुष्ट हुनुहुनेछ । साथीभाइसँग मनोरञ्जनपूर्ण र रमाइलो गरी दिन बित्नेछ । मिष्ठान्न भोजन हुनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

धनप्राप्ति तथा श्रीप्राप्ति योग देखिन्छ । गुमाएको सामान प्राप्त हुनेछ । भोजभतेर र खानपिनमा समय खर्चिनु पर्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

समय प्रतिकूल रहेकाले खर्च बढ्नेछ । आजको दिन मनमा खिन्नता आउने देखिन्छ । तपाईँको पराक्रमले काम भने बन्नेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज कार्यालयको कामले थकित हुनुहुनेछ । महत्वपूर्ण कार्य भने बन्नेछन् । मन उत्साहित हुनेछ । सबैको साथ पाउनुहुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

सोचेभन्दा बढी आय हुनेछ । लामो तथा सुखद यात्रा  हुनछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । धन हातमा आउनेछ । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : ४० बजे