Logo

मुख्य समाचार

बूढीगण्डकी कोरिडोर निर्माणको सुनिश्चितता गर्न माग गर्दै प्रधानमन्त्रीलाई बाबुरामले बुझाए ज्ञापन पत्र



काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्ष भट्टराईले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भदौ मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्नका लागि सरकारलाई अल्टिमेटम दिएका हुन् ।

बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनालाई सरकारमा आउनेहरुले भकुण्डो बनाएको उल्लेख गर्दै अब पनि आफुहरूको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘नयाँ ऐन बनाएको छैन । पुरानो ऐन अनुसार समिति बनाएर काम अघि बढाइएको थियो । सुरु भएको सात वर्षभित्र जुन सुरु हुने भनिएको जुन परियोजना हो । त्यसको सरुवात बल्ल १० वर्ष हुँदासम्म सुरुवात समेत भएको छैन । र बिचमा प्रत्येक सरकार फेरिने बित्तिक्कै जुन चलखेलको आशंकासहित बुढिगण्डकी आयोजनालाई भकुण्डो जस्तो बनाइँदैछ । त्यसले यो नबन्ने दिसातर्फ भएको हो कि भन्ने मेरो आशंका छ । त्यसैले म यसको महलकर्ताको नाताले मैले गोर्खा र धादिङका सांसदहरुसहितका चाहानाहरु समेत बुझेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छु । माग पुरा नभए आन्दोलन गर्छौं ।’

अहिलेको विद्युत प्राधीकरणअन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : ४४ बजे