Logo

मुख्य समाचार

समाजवादी संस्कृति विकास गर्ने तयारी छ : पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरानो संस्कृति नीतिले काम नगरेर नयाँ नीति ल्याउनुपरेको बताएका छन् ।

शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा संस्कृति नीति, २०८१ को मस्यौदा सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पुरानोले काम नगरेर र अपुग भएर नयाँ नीति ल्याउन आवश्यक रहेको बताए ।

उनले पुरानो संस्कृति नीतिले अहिलेको सामाजिक व्यवस्थालाई सँगै लैजान असक्षम भएको बताए । उनले अहिलेको समाज, परिस्थिति, युग सुहाउँदो, संस्कृति नीति बनाउने सरकारको लक्ष्य रहेको बताए ।

उनले नयाँ नीतिमा पुरानो संस्कृति नीतिको आलोचना गर्नुपर्ने बताए । उनले पुरानो अवैज्ञानिक रहेको निस्कर्षमा पुगेको भएपनि नयाँ संस्कृति नीति कस्तो हुने भन्नेकुरा नयाँ संस्कृति नीतिको मस्यौदामा खुल्न नसकेको बताए ।

उनले वैज्ञानिक र समाजवादी संस्कृतिको विकास गर्ने कुरा नयाँ संस्कृति नीतिमा आउनुपर्ने बताए ।

अहिलेको संविधान आफैँमा समाजवादउन्मुख भएकाले संस्कृति नीतिमा समाजवादी संस्कृतिको विकास गर्ने कुरा आउनुपर्ने बताए ।

मन्त्री तामाङले राज्यको सांस्कृतिक नीति संस्कृति मन्त्रालयसँग मात्रै सम्बन्धित नहुने भएकाले सबै सम्बन्धित मन्त्रालयहरुले एक आपसमा समन्वय गरेर काम अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ४९ बजे