Logo

मुख्य समाचार

यस्तो छ राप्रपा पदाधिकारीमा विजयी हुनेहरुको मतपरिणामसहित



काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउदै राजेन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । 

यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । 

राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ५८ बजे