Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी



कर्णाली । नेपाली काँग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । सभातिका अर्का प्रत्यासी मोतीराज बमले जम्मा ७ मत ल्याए । 

ललितजंगलाई सभापति शेरबहादुर देउवा र भुपेन्द्रजंगलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन थियो ।  बम काँग्रेस उपसभापति विमलेन्द्र निकट हुन् । कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ। 

देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले बाजी मारे । यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४२ बजे