Logo

समाचार

काँग्रेस प्रदेश १ अधिवेशन: नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णयपछि सुरु भयो मतदान



काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश १ मा बिहानदेखि रोकिएको मतदान सुरु भएको छ ।

मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि विवाद भएर मतदान हुन सकेको थिएन । 

मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि मतदान सुरु भएको हो । मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको हो । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४३ बजे