Logo

मुख्य समाचार

कांग्रेस प्रदेश २ को अधिवेशन शनिवार पनि स्थगित



काठमाडौं । नेपाली कांग्रेस प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन शनिबार पनि स्थगीत भएको छ ।

प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अविधेशन स्थगित भएको हो ।

सर्लाहीका चार वटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहरूको नामावाली आउन सकेको छैन ।

त्यसैगरी, सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन । 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : २१ बजे