Logo

मुख्य समाचार

विवेकशील साझाको आमसभा मिलन पाण्डे पक्षद्वारा बहिष्कार



काठमाडौं । विवेकशील साझा पार्टीले आज ललितपुरमा गरिरहेको आमसभा संयोजक मिलन पाण्डे पक्षले बहिष्कार गरको छ ।

पार्टीले दुई वटा अन्य पार्टीसँग एकीकरण गरी घोषणा गर्ने उद्देश्यका साथ उपत्यकामै पहिलोपटक आयोजना गर्न लागेको आमसभा पाण्डेसहित दर्जनौं नेताहरूले बहिष्कार गर्न लागेका हुन् ।

संयोजक पाण्डेसहित पार्टी संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक र चर्चित नेत्री रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम र सचिवहरू लगायत धेरै नेताहरूले उक्त आमसभा बहिष्कार गरेका हुन् ।

आज एकीकरणमा सहभागी हुने अन्य दुई वटा पार्टीलाई ‘अपरिचित समूह’को संज्ञा दिँदै पाण्डे समूहले व्यवस्था बिरोधी रहेको र राजसंस्था, हिन्दु राज्य र संघीयता खारेजीको मुद्दाको वकालतकर्ता रहेको टिप्पणी गरेको छ ।

पार्टीमा रवीन्द्र मिश्रले सङ्घीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव ल्याएपछि पार्टीमा विवाद आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ४७ बजे