Logo

मुख्य समाचार

काँग्रेस प्रदेश अधिवेशन: सुदूरपश्चिममा मतदान जारी



काठमाडौं । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान भइरहेको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित  निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको हो ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र प्रतिस्पर्धामा छन् । बलायरलाई संस्थापन पक्षको समर्थन रहेको छ भने मिश्रलाई पौडेल पक्षले समर्थन गरेको छ ।

दुवै जना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् ।

मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् । 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : १२ बजे