Logo

मुख्य समाचार

कांग्रेस प्रदेश १ अधिवेशन: मतपत्रमा त्रुटि भेटिएपछि १ बजेसम्मलाई स¥यो मतदान



काठमाडौं । मतपत्रमा त्रुटि भेटिएपछि प्रदेश १ को मतदान सारिएको छ ।

बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्रमा त्रुटि भेटिएपछि दिउँसो १ बजेका लागि सारिएको हो । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ।

कांग्रेसको प्रदेश १ सभापतिमा गुरूराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको छ । थापा संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् भने घिमिरे संस्थापन इतर पक्षबाट चुनावी मैदानमा छन् ।

उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ०४ बजे