Logo

समाचार

कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य महेश आचार्यले आगामी महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै आचार्यले कांग्रेसमा बैचारिक हिसाबले शून्य तर्फ अगाडि बढिरहेकाले कांग्रेसलाई सहि दिशा तर्फ लैजानका लागि पनि आफूले उपसभातिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

आचार्यले सभापति जो बनेपनि सभापतिलाई कन्भिन्स गर्दै अगाडि बढ्ने बताए । पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भएको उनको भनाई रहेको थियो ।

‘पार्टीमा बैचारिक तथा सैद्धान्तिक छलफल हुनै छाड्यो त्यसले गर्दा पार्टीलाई नयाँ नेतृत्वबाट सहि ढंगले अगाडि बढाउनुपर्ने छ’, उनले भने । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४४ बजे