Logo

मुख्य समाचार

राप्रपा महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । बिहान आठ बजेदेखि मतदान सुरु भएको हो ।

राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन भइरहेको छ । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् ।

अध्यक्षका लागि मतपत्रबाट मतदान हुनेछ भने पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ  ।

यसैगरी, पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : २८ बजे