Logo

Breaking News 1

बंगलादेशमाथि ८ रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा



काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सन् २०१० को दोस्रो संस्करणको टी–२० विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तान नवौं संस्करणमा आएर सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।

बंगलादेशका लागि ओपनर लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय पारि खेले ।

यस्तै, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाउनु बाहेक अन्यले राम्रो गर्न सकेनन् । अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार –चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले एक– एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलको सामना गरेर सर्वाधिक ४३ बनाए । यस्तै, इब्राहिम जाद्रानले २९ बलमा १८ रन, कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए ।

बंगलादेशका लागि रिषद होसेनले तीन, तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक –एक विकेट लिए । यो सँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ भने सेमिफाइनल समिकरण समेत पूरा भएको छ ।

अफगानिस्तानको सेमिफाइनल प्रवेशसँगै अस्ट्रेलिया भने सुपर आठ बाटै बाहिरिएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : ३३ बजे