Logo

मुख्य समाचार

एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडाैं । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिका १३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार र शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता देवप्रकाश घिमिरेले जानकारी दिए ।  घिमिरेका अनुसार सय जनामा गरिएको एन्टिजेन परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो । उनले उक्त ठाउँमा अन्य स्थानीयलाई पनि संक्रमण लक्षण देखिएकाले पीसीआर संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।  

काेराेना पुष्टि हुनेहरू अधिकांश १७ वर्ष मुनिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनले विद्यालयले विद्यालय केही समयका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण समितिलाई पत्राचार गरिसकेकोसमेत उनले जनाए ।  

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : १७ बजे