काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ ।
रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन् ।
टोलीले भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहका नेतासँग भेटवार्ता गर्ने एमालेले जनाएको छ । उक्त नेताका टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले आवश्यक निर्देशनसहित सोमबार विदाइ गरेका हुन् ।
टोलीमा एमाले सांसद महेश बस्नेत, नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, लालबहादुर थापा, इन्दिरादेवी गौतमलगायतका सहभागी छन् ।
प्रतिक्रिया