Logo

मुख्य समाचार

इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर, ५ अर्ब ६७ करोड क्षतिपूर्ति दाबी



ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङ विरुद्ध मुद्दा दायर गरेको हो । 

सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङ बाट निक्षेपकर्ताहरुलाई  ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ ।

ठगी मुद्दामा  गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : १८ बजे