Logo

मुख्य समाचार

‘कांग्रेसले पार्टीमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, कांग्रेसले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित स्वर्गीय नन्दप्रसाद शिवाकोटीको स्मृतिसभा तथा पुस्तक विमोचन समारोहमा उनले, कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताए ।

यस्तै, पार्टीमा ठूलो योगदान पु¥याएका तर स्मरण नगरेको स्वर्गीय नन्दप्रसाद जस्तो पात्र खोज्ने कार्यलाई पार्टीले द्रुत गतिमा अगाडि बढाउँने पनि उनको भनाइ छ ।

उनले भने, ‘पार्टीमा ठूलो योगदान गरेको तर कँही न कँहि हामीले स्मरण नगरेको नन्दप्रसाद जस्तो पात्र खोज्ने हामीले निर्णय पनि गरिसकेका छौं । यसलाई द्रुत गतिमा अगाडि बढाउँछौ । कांग्रेस भित्रको फोहोर हामीले सफा गर्नुपर्ने छ । कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति ऐना अगाडि उभिएर ऐनामा लागेको फोहोर मेटेर आफूभित्र लागेको दागहरु सफा हुँदैन ।’

उनले कांग्रेस भित्र रहेको जोस र जाँगरका कारणले मात्र देशमा परिवर्तन सम्भव भएको दाबी गरे ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : १८ बजे