Logo

मुख्य समाचार

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति



काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

काठमाडौंमा शुक्रबार भएको नेपाल-कतार संयुक्त समितिको चौँथो बैठकले श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति गरेको हो । यसअघि सन २००५ मा श्रम सम्झौता सहमति भएको थियो ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतार तयार भएको छ ।

कतार भिषा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति जनाएको छ ।

घरेलु लैजान लगाएको प्रतिबन्ध हटाइदिन कतारले नेपाललाई आग्रह गरेको थियो । उक्त विषयमा निर्णय गर्न दुईपक्षीय संयुक्त समिति गंठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ५३ बजे