Logo

मुख्य समाचार

‘यो स्थिती देशले धेरै लामो भोग्न सक्दैन’: एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै स्थितीमा देश अगाडि बढ्न नसक्ने बताएका छन् ।

दोस्रो पटक एमालेको अध्यक्ष चयन भएका ओलीले पार्टी केन्द्रीय कार्यालयमा पद बहाली गर्दै अहिलेकै स्थितीमा देश अगाडि बढ्न नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताए ।

जनतामा जानबाट तर्सिएर अरू ढंगबाट सत्ता पाउनेतिर दौडिने काम राजनीति नभएको उनको भनाई रहेको थियो ।

पाँच दलीय गठबन्धनले देश चलाउन नसकेको ओलीले जिकीर गरेका छन् । पाँचदलिय गठबन्धनबाट देशभमा भद्रगोल र अनियमितता मात्रै बढेको ओलीले आरोप पनि लगाए । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : ४८ बजे