Logo

समाचार

राप्रपा महाधिवेशन: उम्मेदवारी दर्ता जारी, १ बजेसम्म दर्ताको समय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ ।

शुक्रबार ११ बजेबाट उम्मेदवारी दर्ता सुरू भएको हो भने दिउँसो १ बजेसम्म दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्ता सकिएपछि साँझ ५ बजेसम्मका लागि दाबी विरोध र फिर्ताको समय तोकिएको छ ।

साँझ ५ बजे सबै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने छ। राप्रपा महाधिवेशनमा चार हजार चार सय ७१ प्रतिनिधि सहभागी छन् । जसले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । नायिका रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराइसकेकी छिन् । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ४३ बजे