Logo

Breaking News 1

विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने



काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संघिय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।

त्यस्तै, विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ३२ बजे