Logo

समाचार

‘आगामी केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने छ’: प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महिनामै स्थानीय तहको निर्वाचनमा जानुपर्ने अवस्था रहेको बताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जानुपर्ने भएकाले अनुशासित भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

उनले भने,“आगामी केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने भएकाले संयमित र अनुशासित भएर आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिनुहोला ।”

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ४१ बजे