Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष (चु चे चो ला लि लु ले लो अ )

काममा अवरोध सिर्जना होला । भाग्यले साथ दिँदैन । नरमाइलो अनुभूति भइरहला । विरोधीबाट प्राप्त समस्या झेल्नुपर्नेछ । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आजको दिन परिवारका साथ रमाइलो हुनेछ ।आकस्मिक लाभ हुने देखिन्छ । खर्चको उचित व्यवस्थापनमा ध्यान जानेछ । मन शान्त र स्थिर रहनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह )

आत्मबलमा गिरावट आउनेछ ।  मनमा खिन्नता रहनेछ । मान, सम्मानमा आँच आउनेछ । चोटपटक र शत्रुदेखि सतर्क रहनु पर्ने देखिन्छ । स्वास्थमा समस्या आउनेछ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

कुनै चिठ्ठा वा पुरस्कार प्राप्त होला । इष्टमित्रसँगको भेटघाटमा रमाइुनेछ । कर्मअनुसारको धनप्राप्ति हुनेछ । धार्मिक यात्राको खुशीले मन प्रफुल्लित हुनेछ ।  

सिंह ( मा मि मु मे मो टा टि टु टे )

पिताको सल्लाह लिएर गरिएको कामले पूर्णता पाउनेछ । तपाईँको मान, सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन्  । मित्र भेट हुने देखिन्छ । समाजसेवामा सरिक भइएला ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आजको दिन अनुकूल रहेकोले काममा सफलता पाइनेछ । तपाईँको पराक्रमले काम बन्ने देखिन्छ । नसोचेको फाइदा हुनेछ । मनमा भने विविध कुराले डेरा जमाउनेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको दिन बोलीमा लगाव लगाउनु पर्नेछ । टाढाको यात्राबाट लाभ हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । नसोचेको खर्च हुनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

मानसम्मानले खुसीको सीमा रहनेछैन । हरेक कुरामा सफलता प्राप्त हुनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आजको दिन स्थिर धनको प्राप्तिको योग रहेको छ । सोचेभन्दा बढी कमाइ हुनेछ । कुटुम्बले पूर्ण साथ दिनेछन् । 

मकर  (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आज तपाईँको पराक्रम बढ्नेछ । तपाईँलाई दुःख दिनेहरु आपैmँ हार मान्नेछन् । आएका समस्या सुल्झिनेछन् । स्वास्थ मजबुत रहनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आफन्तको सहयोगले सबै काम बन्नेछन् । जग्गा सम्बन्धि काममा फाइदा हुनेछ । आपूmले गरेको कर्मप्रति गर्व प्राप्त हुनेछ ।

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

आज भाग्यले साथ दिनेछ । नयाँ कार्यको अवसर मिल्नेछ ।  धार्मिक यात्राले मन प्रशन्न हुनेछ । विद्यामा सफलता पाइनेछ । सन्तानको प्रगति सुन्न पाइनेछ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ५ : ४८ बजे