Logo

कर्पोरेट

प्रभु बैंकको ३०७औँ शाखा जाजरकोटको खलंगामा



काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खलंगा बजारमा आफ्नो ३०७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ३४ बजे