Logo

समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ४८ हजार २३९ परीक्षार्थीले ‘ए’ ग्रेड ल्याएका छन् ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ ।

एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५० बजे