Logo

मुख्य समाचार

‘योगमा गलत आचरण र व्यवसायिक स्वार्थले हानी गर्छ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेलाई स्वनियन्त्रण गर्न योग अत्यावश्यक रहेको बताएका छन् ।
शुक्रबार योग दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निकट भविष्यमा हतियारले मात्र मान्छेलाई नियन्त्रण गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘समाजमा थुप्रै विकृतिहरु आएका छन् । अबको दिनमा हतियारले मान्छेलाई नियन्त्रणमा लिन सक्दैन । योगले मात्रै मान्छेलाई स्वनियन्त्रणमा राख्दछ ।’ मानिसको असल आचरण निर्माण गर्न र स्वस्थ जीवनका लागि योग महत्वपूर्ण रहेको अध्यक्ष ओलीको भनाइ छ ।

योग एउटा शास्त्र र दर्शनमात्र भएको उल्लेख गर्दै ओलीले योगमा गलत आचरण र व्यवसायिक स्वार्थ मिसिन दिन नहुने बताए । उनले भने, ‘हामीले समाज सुधारका लागि योग आवश्यक छ । यसमा गलत र व्यवसायिक स्वार्थ मिसिनु हुँदैन । समाजमा रहेका विकृतिहरुलाई प्रवचन र योगबाट मान्छेमा रहेका सोचहरु लयमा ढाल्न सक्छौं ।’ योगका लागि आसन र प्राणायम मात्र नभइ व्यवहारमा लागु हुने आचरण नै योग भएको समेत अध्यक्ष ओलीको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : १३ बजे