Logo

Breaking News 1

तीनवटा संसदीय समितिको बैठक आज बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । मध्याह्न १२ बजे बस्ने बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ हुनेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा पुरानो संसद भवनको पुनःनिर्माण, निर्माणाधीन संसद् भवन निर्माणको प्रगतिलगायत विषयमा छलफल हुनेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिसँग छलफल हुनेछ ।  

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ५४ बजे