Logo

मुख्य समाचार

कांग्रेस प्रदेश अधिवेशन : सातै प्रदेशमा आज उम्मेदवारको मनोनयन



काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश अधिवेशनमा आज सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गरिँदै छ । 

कांग्रेसको प्रदेश तहको अधिवेशन पहिलो पटक हुन लागेको हो । यसअघि गाउँ, नगर, जिल्ला र केन्द्रीय अधिवेशन गरिँदै आएको थियो ।

मुलुक संघीय संरचनामा गएसँगै कांग्रेसले पनि प्रदेश तहमा पार्टीको अधिवेशन गर्न लागेको हो ।  

बिहीबार प्रदेशमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । आज उम्मेदवारको मनोनयन दर्ता गरी शनिबारसम्ममा नेतृत्व छनोटको काम सक्नेगरी कार्यसूची बनाइएको छ ।  शनिबार मतदान गर्ने कार्यसूची छ ।

प्रदेश नं १ मा भने आज अधिवेशनको उद्घाटन हुँदैछ । त्यहाँ मनोनयन पनि आजै दर्ता गरिने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ । बिहीबार अधिवेशन उद्घाटन गर्ने कार्यसूची थियो । 

पार्टीभित्र उम्मेदवार छनोट गर्न ढिला भएका कारण आज उद्घाटनसत्र हुन लागेको हो । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५० बजे