Logo

मुख्य समाचार

जलवायु परिवर्तनको असरबारे राष्ट्रपतिको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विदेश भ्रमणका क्रममा नेपालमा जलवायु परिवर्तनका नकारात्मक असर र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको परराष्ट्र सचिव सेवा लम्सालले जानकारी दिएकी छन् ।

आज राष्ट्रपति स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए पछिको पत्रकार सम्मेलनमा सचिव लम्सालले ‘ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घघाटनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले श्रमिकहरुको लागि नेपाल सरकारले लिएका प्रमुख कदमको बारेमा प्रकाश पार्दै जलवायु परिवर्तनको असरतर्फ पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताइन् ।

उनले भनिन्, ‘जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घघाटनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै श्रमिकहरुको सामाजिक न्याय सुनिश्चित गर्न नेपाल सरकारले लिएका प्रमुख कदमको बारेमा प्रकाश पार्दै जलवायु परिवर्तनका नकारात्मक असर र यसले सामाजिक न्याय सुनिश्चित गर्न थपिएका चुनौतीका बारेमा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको थियो ।’

यसको साथै, राष्ट्रपतिले विश्वका सबै मुलुकहरुलाई स्वदेशी कामदारहरु सरह सम्मान गर्न र आफ्नो नागरिक सरह व्यवहार गर्न आह्वान पनि गरेको बताइन् । स्वीट्जरल्याण्डका भ्रमणका क्रममा राष्ट्रपति पौडेलले त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणमा निमन्त्रणा गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : २० बजे