Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ असार ५ गते, बुधबार १९ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष द्वादशी तिथि, ५ः५७ बजेदेखि त्रयोदशी। विशाखा नक्षत्र, १६ः४३ बजेपछि अनुराधा। चन्द्रराशि तुला, १०ः२० बजेदेखि वृश्चिक ।

मेष
बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ।

वृष
बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।

मिथुन
मिहिनेतीहरूका लागि दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। दिउँसोको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ।

कर्कट
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।

सिंह
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

कन्या
बिहानको समयमा व्यावहारिक उल्झन देखिए पनि दिउँसोदेखि रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम थालनी हुनेछ। आयस्रोत बढाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

तुला
काम रोकिनाले व्यावहार मिलाउन समय लाग्नेछ। बिहानभरि काम दोहोर्याउनुपरे पनि दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्।

वृश्चिक
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्।

धनु
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ। तर दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

मकर
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्।

कुम्भ
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ।

मीन
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ०८ बजे