Logo

मुख्य समाचार

राप्रपा महाधिवेशन: अध्यक्षमा उम्मेदवारी दिन एक लाख शुल्क



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन एक लाख शुल्क बुझाउनुपर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले अध्यक्ष पदमा उमेदवारी दिन एक लाख रुपैयाँ शुल्क तोकेको हो। यस्तै, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार शुल्क निर्धारण गरिएको हो ।

निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्का लागि १५ हजार शुल्क तोकिएको छ ।

अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।  

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५२ बजे