Logo

समाचार

शुक्रबार डिस्चार्ज भएर आउँछु भन्दै प्रधानन्यायाधीस राणाले दिएनन् कामु, पेशी स्थगित



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराले कायममुकायम प्रधानन्यायाधीसको जिम्मेवारी दिन अस्वीकार गरेका छन् ।

कामु प्रधानन्यायाधीस नतोकि मुद्वाको सुनुवाई हुन नसक्ने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि बुधबारबाट मुद्वाको सुनुवाई हुन सकेको छैन ।

बिहीबार बसेको न्यायाधीसहरुको बैठकमा प्रधानन्यायाधीस जबराले टेलिफोन मार्फन कामु नतोक्ने र आफू शुक्रबार डिस्चार्ज भएर आउने बताएका हुन् ।

जबरा कोरोना संक्रमण भएपछि बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा उपचाररत रहेका छन् । जबराले आफू डिस्चार्ज भएर आएपछि घरैबाट भएपनि पेशी तोक्ने जवाफ दिएको बताइएको छ ।

यसैबीच प्रधानन्यायाधीस जबराले कामु नदिँदा बिहीबारका लागि गोला प्रथाबाट तोकिएका इजलास पनि स्थगीत भएका छन् । दिउँसो १ बजे सर्वोच्चमा १० वटा इजलास गठन गरिएको थियो।

सर्वोच्चको कानुन अनुसार हरेक दिन बिहान साढे १० बजे पेसी तोक्ने नियम छ। तर पहिलो पटक १ बजे तोकिएको हो। 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५२ बजे