Logo

प्रविधि

भारतको उत्तर प्रदेशमा योगी सरकारले विद्यार्थीहरुलाई निस्शुल्क स्मार्टफोन र ट्याब्लेट दिँदै



छिमेकी देश भारत सरकारको डिजीटल इण्डिया अभियानअन्तरगत अब उत्तरप्रदेश राज्य सरकारले विद्यार्थीहरुको लागि स्मार्टफोन र डिवाइसहरु निशुल्क बाँड्ने योजना बनाएको छ।

विद्यार्थीहरुलाई निस्शुल्क स्मार्टफोन, ट्याब्लेट बितरण गर्नका लागि “डिजी शक्ति पोर्टल” सुरु भएको छ, जसको उद्घाटन आगामी साता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने भारतीय मिडियाहरुले जनाएका छन्। यो अभियानले उत्तर प्रदेशका हरेक छात्र छात्राहरुलाई निस्शुल्क रुपमा यो डिवाइस बाँडिने छ।

२७ लाख विद्यार्थीलाई दिईने

डिजी शक्ति पोर्टल आगामी साता सुरु हुन्छ तर पहिले नै २७ लाख विद्यार्थीको डाटा अपलोड गरिएको छ। राज्यका कलेजहरुले विद्यार्थिहरको डाटा विश्वविद्यालयहरूसम्म पुर्याईरहेका छन भने विश्वविद्यालयहरूले यो डाटा पोर्टलमा अपलोड गर्दैछन्। रिपोर्टकाअनुसार २७ लाख यूपी स्टुडेन्ट्सका डाटा अहिलेसम्म अपलोड भएको छ। अब यहि पोर्टलका माध्यमबाटै स्मार्टफोन र ट्याबलेटसहित अन्य सामग्री उपलब्ध गराईने बताईएको छ।

पहिलो चरणमा ७.५ लाख विद्यार्थी लाभान्वित हुने

अर्को हप्तादेखि नै उत्तर प्रदेश सरकारले आफ्ना विद्यार्थीहरूलाई निःशुल्क स्मार्टफोन र ल्यापटप वितरण गर्न थाल्नेछ। पहिलो चरणमा ५ लाख विद्यार्थीलाई स्मार्टफोन र २।५ लाख विद्यार्थीलाई ट्याब्लेट प्रदान गरिनेछ। यी स्मार्टफोन र ट्याब्लेटहरू पूर्ण रूपमा निस्शुल्क हुने तथा यसको दर्तादेखि डेलिभरीसम्मको सम्पूर्ण प्रक्रियालाई राज्य सरकारले निःशुल्क गरेको छ।

मेडिकल, प्राविधिक, नर्सिङ र सीप विकास कार्यक्रममा भर्ना हुने विद्यार्थीलाई सरकारले यी निःशुल्क सुविधा दिइरहेको छ।

मिडियाहरुको रिपोर्टअनुसार डिजी शक्ति पोर्टलबाट डिभाइस वितरण गर्ने कम्पनीमा स्वदेशी तथा विदेशी कम्पनी रहेका छन्। स्मार्टफोनको कुरा गर्दा पहिले सामसङ र लाभा मोबाइलका स्मार्टफोन सरकारले विद्यार्थीलाई दिने भएको छ। साथै, ट्याब्लेट उपकरणहरूका लागि यूपी सरकारले सामसङ भिजन, एसर र विष्टेल कम्पनीहरूको सहयोग लिएको छ र उनीहरूको ट्याब्लेट मोडेलहरू विद्यार्थीहरूलाई वितरण गरिनेछ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १० : १५ बजे