Logo

खेलकुद

नेयमारबिना रोकियो पीएसजी



पेरिस सेन्ट जर्मेन यो सिजन पहिलो पटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ । लिग वानको शीर्ष स्थानमा रहेको पीएजसी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।

घाइते बेनका नेयमार बिना लियोनेल मेस्सी र किलियन एम्बाप्पेले टोलीलाई जीत दिलाउन सकेनन् । नेयमारको खुट्टामा चोट लागेपछि उनी ८ हप्ता मैदानबाहिर रहने बताइएको छ । पीएसजीले विपक्षीको पोष्टमा २२ पटक प्रहार गरे पनि गोल गर्न सकेन । 

बराबरीपछि माउरिसो पोचेटिन्होको टोलीको शीर्ष स्थानमा १२ अंकको अग्रता रहेको छ । यो सिजन पीएसजी जीतविहीन बनेको यो मात्र तेस्रो पटक हो । खेलअघि मेस्सीलाई बालोन डिओर र गोलकिपर जियानलुइजी डोनारुमालाई उत्कृष्ट गोलकिपरको अवार्डसहित घरेलु दर्शनसामु प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ०४ बजे