Logo

मुख्य समाचार

तनहुँमा च्याउ खाँदा ५ जना बिरामी



तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् ।

उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन् । उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : ०२ बजे