Logo

Breaking News 1

बंगलादेशविरुद्ध नेपालका सन्दीप लामिछानेले दिलाए आठौँ सफलता



काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालका सन्दीप लामिछानेले आठौँ सफलता दिलाएका छन् ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालबाट १६औँ ओभर बलिङमा आएका सन्दीपले तेस्रो बलमा विकेट लिएका हुन् । उनले बंगलादेशका जाकेर अलीलाई बोल्ड गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो १००औँ विकेट हो । नेपालबाट ५४औँ खेलमा यो कोशेढुंगा पार गरेको सन्दीप नेपालबाट १००औँ ट्वान्टी–२० विकेट लिने पहिलो बलरसमेत हुन् । सन्दीप ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने दोस्रो बलर बने । सन्दीपअघि रहेका अफगानिस्तानका राशिद खानले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ४२ बजे