काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै बंगलादेशलाई ब्याटिङको निम्तो दिएका हुन् ।
यसैबीच बंगलादेशविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले दोस्रो सफलता दिलाएका छन् । नेपालबाट दोस्रो ओभर बलिङका लागि आएका दीपेन्द्रले दोस्रो विकेट लिएका हुन् । दीपेन्द्रले बंगलादेशका कप्तान नज्मुल हुसैन सान्टोलाई बोल्ड गरे ।
प्रतिक्रिया